सत्तारुढ नेकपा र प्रतिपक्षी काँग्रेसका सांसदले मागे १०/१० करोड


 


काठमाण्डौँ । अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजविजीमा खर्च गर्ने बजेट बढाउन दबाब दिन थालेका छन् ।

नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँ बजेटलाई १०९ करोड पु¥याउन सांसदहरुले ‘लबिङ’ सुरु गरेका छन् ।

४ करोडलाई १० करोड रुपैयाँ पुर्याउन हस्ताक्षर संकलन सुरु भएको हो’, नेकपाका सांसद विशाल भट्टराईले भने । काँग्रेस सांसदहरुले पनि सिधै खर्च गर्न मिल्ने र समानुपातिक सांसदले पनि योजना बाँड्न पाउने गरी बजेट बिनियोजन गर्नुपर्ने माग गर्दै आएका छन् ।

अत्याधिक दुरुपयोग र संघीयताको मर्मविपरीत विकास निर्माणमा सामानान्तर संयन्त्र निर्माण भइरहेको भन्दै यो कार्यक्रमको भने आलोचना हुँदै आएको छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्