गर्मीको यो मौसममा अनुहारको सौन्दर्य यसरी बढाउन सक्नुहुनेछ


 


जाडो मौसममा हामीले जसरी हाम्रो सौन्दर्यको हेरचाह गछौँ त्यसैगरी गर्मी मौसममा पनि आफ्नो सौन्दर्यको हेरचाह गर्नु अति आवश्यक छ । अझ भन्नु नै पर्ने हो भने जाडोमा भन्दा गर्मी मौसममा आफ्नो सौन्दर्यको धेरै ख्याल गर्नुपर्ने हुन्छ । गर्मीमा हाम्रो अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्न आवश्क हुन्छ । जस्तै गर्मी मौसममा बाहिर हिँड्दा अनिवार्य छाता लिएर हिड्नु पर्ने हुन्छ । छाता नलिई बाहिर जाँदा घामले हाम्रो अनुहार डडेर कालो हुने हुन्छ । गर्मी मौसममा अनुहारको हेरचाह कसरी गर्न सकिन्छ तल दिइएकाे छ ।

– घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ । जस्तोः दहिले क्लिन्जङको काम गर्छ । काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ ।

– अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन ।

– अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ ।

– अनुहारमा ससाना दाग भए बेसार, कागतिको रस ,दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ ।

– जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्नसकिन्छ ।

– आँखाको वरपरको कालो दाग हटाउन आलु, काक्रोको चप बनाई राख्दा पनि शितला प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हुँदै जान्छ ।

– अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल हुन्छ ।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्