मुख्यमन्त्री सहभागि कार्यक्रम नजिकै बम बिस्फोट


 


रोल्पा । रोल्पाको लिबाङ नगरपालिका तितृकोटमा बम बिस्फोट भएको छ । अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको बताइएको छ । रोल्पाको उद्योग वाणिज्य संघको कार्यकक्षमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुसँग छलफल भइरहेका बेला नजिकै बम विष्फोट भएको हो ।

कार्यक्रम स्थल नजिकै रहेको जंगलमा बम विष्फोट भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको रोल्पा प्रहरी प्रमुख डिएसपी दीपक खड्काले बताए ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्