ओली सरकारले हावाहुरी पिडीतको घर बनाउन बैशाख २१ देखी सुरु गर्ने


 


काठमाण्डौँ । बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन भएका सर्वसाधारणको घर निर्माण वैशाख २१ गतेदेखि सुरु हुने भएको छ ।हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैशाख २१ गते बारा पर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गरिने जानकारी दिएका हुन् ।

सरकारले उक्त काममा ७ सय ५० जना इन्जिनियर खटिने पनि उनले बताए ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्