मन्त्री गोकर्ण विष्टको परिवारले पिउने पानीमा कस्लो हाल्यो विष ?


 


बुटवल । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको भन्ने हल्ला फैलिएपछि तनाव उत्पन्न भएको छ ।

सोमवार विहान मन्त्री विष्टका दाजु एवम् इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टलाई स्थानीय एक महिलाले ट्याङ्कीमा कसैले विष राखिदिएको बताएकी थिइन् ।

सो जानकारीपछि आफ्नो परिवारसहितका गाउँले उक्त ट्याङकीको पानी पिउन छाडेको अध्यक्ष विष्टले जानकारी दिए । उनले उक्त ट्याङकीको पानी परीक्षण गराउन सदरमुकाम तम्घासमा लिएर बाटोमा आउँदै गरेको पनि जानकारी दिए । उक्त ट्याङकीको पानी मन्त्रीविष्टको परिवारसहित वडा नम्वर ३ र ४ का करिव ५ सय घरधुरीले उपभोग गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्