तत्कालिन एमालेबाट निर्वाचित वडाध्यक्ष घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ


 


सप्तरी । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । काम गराइदिने भन्दै सेवाग्राहीसँग लिइरहेको अवस्थामा अख्तियारको टोलीले तत्कालिन नेकपा एमालेबाट निर्वाचित सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान पक्राउ गरेको हो ।

मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग रु २५ हजार लिदैं गरेको अवस्थामा मियाँलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियारले नियन्त्रणमा लिइएका मियाँमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्