इन्डोनेसियामा भोट गन्दागन्दै २ सय ७२ जनाको मृत्यु


 


काठमाडौँ/
इन्डोनेसियामा भोट गन्ने क्रममा २ सय ७० जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।गत अप्रिल १७ मा सम्पन्न भएको आम निर्वाचनको भोट गन्ने काम ओभरटाइम गरेपछि मत गणनामा खटिएका व्यक्तिहरुमा कमजोरीपन र ज्वरो देखा परेको थियो ।

निर्वाचन आयोगका प्रवक्ता आरिफ प्रियो सुसान्तोका अनुसार मत गणनामा खटिएका १ हजार ८७८ जना विमारी परेका थिए ।तीमध्ये २ सय ७२ जनाभन्दा बढीको मृत्यु भएको हो ।

गत अप्रिल १७ मा भएको आम निर्वाचनमा राष्ट्रपति, उपराष्ट्रपनि, प्रतिनिधिसभा र स्थानीय प्रशासनका लागि एकैपटक निर्वाचन भएको थियो । ८ लाख निर्वाचन क्षेत्रमा १९ करोडले भोट गरेका थिए । मत गन्ने व्यक्तिहरुले दिनरात हातैले मत गनेका थिए।

ओभरटाइम कामले विरामी परेकाहरुको मृत्यु भएपछि प्रत्येक परिवारलाई उचित क्षतिपूर्ति दिने घोषणा गरिएको छ । मत गणना अझै जारी छ । आगामी मे २२ तारिखमा निर्वा्चित जनप्रतिनिधिको नाम घोषणा गरिनेछ ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्