लोकसभा निर्वाचनका कारण महोत्तरीका ११ सीमानामा शिल


 


काठमाडौं भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका शिल गरिएको छ । भारतको विहार राज्यअन्तर्गत मुज्जफरपुर जिल्लामा आज भइरहेको विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै आइतबार साँझ ५ बजेदेखि आज साँझ ५ बजेसम्मका लागि महोत्तरीका सीमानाका शिल गर्नुका साथै सीमानाका क्षेत्रमा उच्च सतर्कता अपनाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

अहिले सीमानाकामा नेपाल भारत दुवैतर्फ सुरक्षाकर्मी परिचालन गरिएको छ भने अत्यावश्यक सेवाबाहेकका सवारी र मानिसको आवतजावतमा रोक लगाइएको छ भने सीमा क्षेत्रको नेपाली बजारमा मदिरा पदार्थको बेचबिखनमा पनि रोक लगाइएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्