चीनले बनायो बेइजिङमा नेपाली नामको ‘लुम्बिनी बगौंचा’


 


काठमाडौं १६ वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बेइजिङको यानछिङ जिल्लामा लुम्बिनी शान्ति बगैंचा उदघाटन गरेकी छन् ।
विश्व बागवानी एक्स्पो–२०१९ अन्तर्गत लुम्बिनी शान्ति बगैंचा नामक नेपाली पेभिलियनमा नेपालबाट झिकाइएका बिरुवा रोपेर उदघाटन गरेकी हुन् । उदघाटनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत नेपाली डेलिगेसन थिए ।

विश्वका १ सय १० मुलुक तथा क्षेत्रका संगठनले भाग लिएको एक्स्पो उदघाटनको सांस्कृतिक साँझमा पनि राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभगी थिइन् । सांस्कृतिक प्रस्तुति उदघाटनमा बोल्दै चीनका राष्ट्रपति सी जिनफिङले शनिबार सकिएको बीआरआई दोश्रो शिखर सहकार्यसँगै बागवानी एक्स्पो पनि निकै महत्वपूर्ण भएको बताए ।
कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्