चिया उद्योगमा मजदुरले गरे तोडफोड


 


झापा । सरकारले तोकेको ज्याला उद्योगीबाट नपाएको भन्दै एक महीना यता देखि आन्दोलनमा उत्रिएका चिया मज्दुरले झापाको एउटा चिया उद्योगमा तोडफोड गरेका छन् । झापा हल्दीबारी २ मा रहेको कामक्षादेवी टी प्रा लीको चिया उद्योग तोडफोड गरेको उद्योगीले जनाएका छन् ।

दीपक तामाङ् र सिता सापकोटाको नेतृत्वमा डेढसयको सङ्ख्यामा आएका मज्दुरले कार्यालय सामान,फर्निचर कम्यूटर,ल्यापटप,चिया मेसिनमा तोडफोड गरि क्षति पुर्याएको सञ्चालक कृष्ण प्रसाइले बताउनुभयो । बिर्तामोडमा उद्योगीको पुतला दहन गरी ट्रकमा चढेर आएका मजदुरहरुले हातमा बाँसको भाटा लिएर एक्कासी उद्योगमा प्रवेश गरेका थिए ।

एक्कासी आएको हुलले नाराबाजी गर्दै चारथान कम्यूटर, एकथान फोटोकपी मेसिन,,ल्यापटप, दुइथान मोवाइल, कुर्सी, दराज, मे१ च २२५ नम्बरको ट्रकमा आगजनी गरेको उहाले जानकारी दिनुभयो । आन्दोलनकारीले १५ हजार किलो हरियो चियापत्ती समेत नष्ट गरिदिएको उहाको भनाइ छ । चिया मेसिनमा समेत आगो लगाएर क्षति पुर्याएको उद्योगले जनाएको छ । सरकारले तोकेको न्यूनतम ज्याला दिने शर्तमा मजदुरसँग सहमति गरी आइतबारदेखि चिया उद्योग सञ्चालनमा ल्याएको अर्का सञ्चालक शुक्र दाहालले बताउनुभयो ।

सहमतिको बारेमा आन्दोलित पक्षका मजदुर नेता सन्तकुमार राईलाई जानकारी गराएका थियौं, त्यती गरेर मात्र आजदेखि उद्योग खोलेर हरियो पत्ति लिन थालेका थियौ दाहालले भन्नुभयो । ‘मजदुर नेताहरुले उद्योगीहरुको कुरा नसुनेर गरिएको तोडफोड घटना व्यक्तिगत स्वार्थ र राजनीतिकरण भएको हो, उहाको दाबी छ । आगजनिकाकारण अनुमानित एकलाख रुपैयाँ भन्दा बढी क्षति पुगेको उहले जनाउनुभयो ।

सरकारले राजपत्र मै प्रकाशित गरी चिया मजदुरलको न्यूनतम ज्याला तोके पनि चिया उद्योगीले सो अनुसारको ज्याला नदिएपछि आन्दोलनमा उत्रिएका चिया मजदुरले झापाको बिर्तामोडस्थित मुक्ति चोकमा आइतबार उद्योगीको पुतला दहन गरेका थिए ।

नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघमा आवद्ध मजदुरले उद्योगीविरुद्ध चर्को नाराबाजी गर्दै पुतला दहन गरेका थिए । पूर्वका चिया मजदुर चिया मजदुर चैत १७ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । ज्याला मात्र नभई श्रम ऐन २०७४, श्रम नियमावली २०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा ल्याउन समेत मजदुरले माग अघि सारेका छन् ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्