२ युवतीलाइ भारतमा बेच्न लैजादै गर्दा एक युवक प्रकाउ


 


कैलाली । कञ्चनपुरको पुनर्वाससंगै जोडिएको भारतीय भूमिबाट भारतीय सीमा सुरक्षा बलले दुई यवती र एक युवकलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

प्रहरीका अनुसार युवतीलाई भारतीय सहरतर्फ लगिरहेको अवस्थामा पुनर्बास नगरपालिका ५ का भीमबहादुर बोहरा पक्राउ परेका छन् । उनीसँगै से ६ प २९०३ नम्बरको मोटरसाइकलमा भारत लगिएका सर्लाहीको बागमती नगरपालिकाका दुई युवतीको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका सई गोपाल बोहराका अनुसार भीमबहादुरले युवतीलाई भारतीय शहर सम्पुर्णानगर पुर्‍याएवापत प्रतिव्यक्ति एकहजार रुपैयाँ लिने गरेको बयानका क्रममा बताएका छन् । बोहरा लामो समयदेखि यस्तै धन्दामा रहेको प्रहरीको भनाइ छ ।

युवती भारत लैजाने गिरोहमा सक्रिय मुख्य आरोपी भनिएका पुनर्वास ५ ‘ग’ गाउँका किशन भनेर चिनिने कृष्णबहादुर रोकाया भने फरार रहेका छन् । युवतीहरुलाई वैदेशिक रोजगारीका लागि ओमान लैजाने भन्दै ल्याएको युवतीहरुले बताएका छन् । तर उनीहरूसंग विदेश जान आवश्यक कागजपत्र नरहेकाले उनीहरूलाई वेचविखनकै लागि ल्याइएको हुनसक्ने मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण समिति, पुनर्वासकी सदस्य सुकमाया तामाङले बताएकी छन।

विगतमा कैलालीको नाका हुँदै थुप्रै युवती भारततर्फ जाँदै गर्दा पक्राउ परेका कारण दलालहरुले पछिल्लो पटक कञ्चनपुरको दक्षिणी नाका हुदै युवतीहरु भारततर्फ लैजाने गरेको बताइएको छ ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्