१ नं. प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव आह्वान


 


विराटनगर, बैशाख १५

१ नं. प्रदेश सभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीको लागि प्रस्ताव आब्हान गरेको छ । आज बसेको प्रदेश सभा बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश सभा सचिवालयलाई प्रदेशको स्थायी राजधानी र नामको प्रस्ताव राख्ने प्रस्ताव आह्वान गर्न निर्देशन दिनुभएको हो ।

प्रदेश सभा सचिवालयले बैशाख १९ गते भित्र प्रदेशको स्थायी राजधानी र नामको बिषयको प्रस्ताव ल्याउन आह्वान गरेको हो । प्रदेश सभा संचालन संशोधन कार्यविधिले ब्यवस्था गरे अनुसार प्रदेश सांसदहरु मध्येबाट २ जनाको प्रस्तावमा प्रदेशको नाम र राजधानीको प्रस्ताव ल्याउन सक्नेछन् । यसरी आएको प्रस्ताव मध्येबाट दुई तिहाईले पारित गर्नु पर्ने ब्यवस्था छ ।

प्रदेश १ मा दुई तिहाई नेकपाको मात्र भएपनि सर्बसहमतीको आधारमा प्रदेशको नाम र राजधानीको बिषय समेटेर लैजाने पक्षमा पदेश सरकार लागेको छ ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्