हाम्रो साकोसको स्वास्थ्य शिविरमा ४२८ ले स्वास्थ्य परीक्षण गराए, चार लाखको औषधी वितरण


 


उर्लाबारी, बैशाख १५

उर्लाबारी – ५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आयोजना गरेको बृहत नि : शुल्क स्वास्थ्य शिविरमा ४२८ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

संस्थाकै सभाहलमा भएको शिविरमा ४२८ जना मध्ये ७५ जनाले इसिजी सेवा र एक सय जनाले नर्मल रुटिङ टेस्ट गराएको अध्यक्ष डिबी थापाले जानकारी दिनुभयो । शिविरमा रु चार लाख बराबरको नि : शुल्क औषधी समेत वितरण गरेको अध्यक्ष थापाले बताउनुभयो ।

उहाँका अनुसार शिविरमा उर्लाबारीसहित रतुवामाई, मिक्लाजुङ, लेटाङ लगायतका क्षेत्रका विरामीहरुले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा जनरल फिजिसियन, नशारोग, स्त्रीरोग, हाडजोर्नी, मुटुरोग लगायतका रोगका विशेषज्ञ डाक्टरहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्