प्रचण्ड र देउवालाई पत्रकार महासंघको ज्ञापन पत्र


 


काठमाडौं । पत्रकारहरूको गिरफ्तारी र प्रेस स्वतन्त्राको पक्षमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष नेपाल पत्रकार महासंघका पदाधिकारी ज्ञापन पत्र बुझाएका छन् । महासंघले आईतबार बिहान ललितपुरको खुमलटारस्थित पुष्पकमल दाहालको निवास पुगी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति सहितको व्यवस्था गरि कानुन निर्माण गर्न माग गर्दै १६ बुंदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष दाहालले महासंघले प्रेस स्वतन्त्रता र राज्यले त्यसप्रति लिनुपर्ने जिम्मेवारी र दायित्वबारेमा तयार पारेको ध्यानाकर्षण पत्रको प्रसंसा गर्दे प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकार र आफ्नो पार्टी सधै प्रतिवद्ध रहेको बताए । प्रेसको सहयोग र साथ नभएको भए आफु अहिलेको अवस्थामा नआईपुग्ने भन्दै उनले महासंघले लोकतन्त्र प्राप्ति लगायत मुलुकका हरेक राजनीतिक परिर्वतनमा गरेको सहयोगको प्रसंसा गरे ।

‘जेल नेल याताना सबै कुरा भोगेकाहरुकै सरकार छ । प्रेस कै सहयोगले गर्दा प्रधानमन्त्री मन्त्री जो जो छन् सबै । एक समयका हण्डर ठक्कर खाएर प्रेसलाई गुहार्दै हिडेकाहरु नै छौ । त्यसैले यो बेला धेरै चिज हुनुपर्छ भन्ने तपाईहरुको भनाई विल्कुल जायज छ ।’ उनले प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरि कानून निर्माण गरिने सन्र्दभमा आफुले सरकार र पाटीमा पनि कुरा गर्ने आश्वासन दिए ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्