१ सय ९७ वटा म्यानपावर खारेज


 


काठमाण्डौ । वैदेशिक रोजगार विभागले १ सय ९७ वटा म्यानपावर खारेज गरेको छ । नियम विपरित काम गर्ने र समयमा नवीकरण नगर्ने म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो ।

यीमध्ये वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती देखिएमा म्यानपावर खारेज गर्ने गरेको छ ।

विभागले खारेज गरेपछि म्यानपावरले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै काम गर्न पाउँदैन । तर एजेण्ट र दलालहरुले खारेजीमा परेका म्यानपावरको नाम लिएर पनि ठग्ने भएकाले सचेत हुन पनि विभागले सबैलाई आग्रह गरेको छ । अहिले विभागमा १४ सय ३७ वटा म्यानपावर दर्ता छन् ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्