कति जिते ‘को बन्छ करोडपति’मा प्रियंका र आयुषमानले ?


 


काठमाडौं ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’ को नेपाली संस्करण ’को बन्छ करोडपति’ को पहिलो सिजन नेपालमा हाल चलिरहेको छ ।

एपीवान एचडीबाट प्रसारण भईरहेको उक्त कार्यक्रमको संचालक नेपाली सिने जगतका महानायक राजेश हमालले गरिरहेका छन ।

कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुन्छ । कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ ।

कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिन्छन ।

यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्छन । तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्छ ।

‘को बन्छ करोडपति’ कार्यक्रमको आजको एपिसोड सार्वजनिक गरिसकेको छ । आजको भागमा नायिका प्रियंका कार्की र उनका प्रेमी आयुषमान देशराज जोशी हटसिटमा बसेका थिए ।

पाँचौ प्रश्नको सही उत्तर दिएर १० हजार सुरक्षित गरेको आयंका जोडी त्यसभन्दा माथि उक्लिन सकेन ।

कार्यक्रम प्रस्तोता महानायक राजेश हमालले धेरै हिन्स दिए जस्तो देखिने उक्त शो मा प्रियंका र आयुषमान ओभरकन्फिडेन्ट जस्तो देखिन्थे ।

राजेश हमालले तपाईहरु पाएको लाइफ लाइन किन प्रयोग नगर्ने ? भन्दै धेरै पटक प्रश्न गरेका थिए ।

अन्तत: लामो समयको गन्थन पछि जवाफ गलत भएपछि जोडी बाहिरिएको थियो

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्