३० वर्षीया महिलालाई जबरजस्ती करणी


 


बर्दिया । बाँसगढी नगरपालिका – ७ गौरीपारा बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका – १ संघापुर बस्ने २० वर्षीय उनिस यादवलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्