कोदालो प्रहार गरी छोराद्वारा बाबुको हत्या


 


धनकुटा बैशाख १५
शहीदभुमी गाउँपालिका-४ खोकुमा शनिवार १४ बर्षीय बालकले कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन् । राती साढे ७ बजे सोही स्थान बस्ने बर्ष ४७ को ईन्द्र कुमार राइलाई गाली गरेको कारण निज कै १४ बर्षीय छोराले कोदालोले टाउकोमा प्रहार गरेका थिए ।

कोदालो प्रहारबाट राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनएको छ । घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कर्यालय धनकुटा र प्रहरी चौकी आँखिसल्लाबाट प्रहरी टोली खटि गई कोदालो प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्