नेपाली बस्तीमा पसेर ज्यादती गर्दै त्रास मच्चाउदै, भारतीय नागरिकहरु


 


काठमाडौं भारतीय नागरिकहरुको एक समूहले कञ्चनपुरमा नेपाली भूमिमा पसेर स्थानीयमाथि कुटपिट गरेका छन् । बेलौरी नगरपालिका–१० सीमा क्षेत्रको भुडा गाउँमा शुक्रबार राति पसेर स्थानीयमाथि कुटपिट गरेका हुन् भने कुटपिटबाट तारा चन्द घाईते भएका छन् । भारतीय नागरिक मेसु सिंह, शेर सिंह, होसियार सिंहको समुहले चन्दलाई कुटपिट गरेपछि हवाई फायरिङ समेत गरेको स्थनीयले बताएका छन् ।

काठ तस्करीमा नेपाली पक्षबाट अवरोध गरेको निहुँमा उनीहरुले बस्तीमा पसेर गरेको स्थानीय बताउँछन् । कुटपिटबाट घाइते ताराका बाबु राजु चन्दले एक्कासी बस्ती छिरेका भारतीयले छोरालाई आक्रममण गरेपछि एक राउड फायर गरेको बताए । टाउकोमा चोट लागेका तारा स्थानीय अस्पतालमा उपचार गरी घर फर्केका छन् ।

स्थानीय गणेश थापाले काठ तस्करीमा कुरा नमिलेपछि भारतीय समुहले नेपालीमाथी आक्रमण गरेको बताए । सुरक्षाकर्मी घटनास्थल पुगेपछि भारतीय समुह भागेको थियो । चन्दले कुटपिट गर्ने भारतीय विरुद्ध प्रहरी चौकीमा निवेदन दिएका छन् । घटना मिलाउन दुवै देशका स्थानीय र प्रहरी अधिकारीले समन्वय गरिरहेका छन् ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्