एकै परिवारका चारै जना दृष्टिविहीन


 


इटहरी । एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन्। १४ देखि २८ बर्षसम्मका उनीहरु कोहि पनि आँखा देख्न सक्दैनन् । कान्छोछोरो वाहेक कोहि पनि वोल्न समेत सक्दैनन ।उठेर हिडन त परै जाओस,वस्न पनि सक्दैनन् । अलि–अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै वन्दै गएको छ ।
१४ देखि २८ बर्षसम्मका चारै जना छोरा छोरी जो आँखा देख्दैनन,वोल्न सक्दैनन,जीउ लल्याकलुलुक छ उठेर वस्न सक्दैनन । दिशा पिसाव पनि सुतेकै ठाँउमा गराउनुपर्छ । नुहाउने,धुवाउने,खुवाउने,सरफाईमा तामाङ दम्पति अहोरात्र खटनुपर्छ । आमा जसमाया भन्छिन्,‘रातभर सुत्न पनि पाइदैन,पालो पालो रेखदेख गर्छौ । मेरो अरु केहि काम छैन,यिनै छोराछोरीलाई भगवान ठानेर स्याहार सुसार गरिरहेकी छु ।” वुवा लक्ष्मण सेवा निवृत नेपाली सेना भन्छन्।

उनको पेन्सनवाट आउने रकमबाट जेनतेन परिवार धानिरहेका छन्। उनी भन्छन्,‘यो भन्दा गाहो के हुन्छ होला र ?’वुवा लक्ष्मणका अनुसार चारै जना सन्तान सात बर्षको हुन्जेल सम्म पूर्ण स्वस्थ्य थिए । जव सात बर्ष पुगे विस्तारै आँखा देख्न छाडेर पूरै देख्न छाडे । वोल्न पनि नसक्ने भएँ । जीउ लुलो हुदै गयो । उठ्न पनि नसक्ने भए । शुक्रबार साँझ साढे पाँच वजे इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सहित सामाजिक विकास महाशाखाको टोली इटहरी –२ स्थित लक्ष्मण तामाङको घर पुग्यो । लक्ष्मण तामाङकी जेठी छोरी अस्मिता,जेठो छोरा सरोज,कान्छी छोरी सुस्मिता र कान्छो छोरा सन्दीपलाई पूर्ण अपाङ्गता भएको रातोकार्ड वितरण गर्न उपमेयर गौतम सहितको टोली त्यहाँ गएको हो । रातोकार्ड पाएपछि मासिक दुई हजार रकम पाउने प्रावधान छ ।

एकैपरिवारका चारै जना सन्तानको त्यो अवस्था देखेर उपमेयर गौतमले उनीहरुलाई सहयोगका लागि सम्वन्धित सवैसँग अपिल गरिन । उनले भनिन्,‘एकै परिवारको यस्तो अवस्था विरलैको हुन्छ यी सन्तानलाई भगवान सम्झेर सहयोग गरौ ।’इटहरी उपमहानगरले सक्ने सहयोग गर्ने वताउँदै यो परिवारलाई सहयोग गर्न उनले सरोकारवाला सवैलाई आग्रह गरेकी छन् ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्