मेघगर्जन र हुरीबताससहित पानी पर्ने


 


काठमाण्डौँ, बैशाख १४

अबको एक दुई दिन दिउँसोपछि केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । विशेषगरी पोखराबाट पूर्वतिर बिहान सफा भएपनि दिउँसोपछि मौसम बदली भई केही ठाउँमा एकैछिन पानी पर्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले बताउनुभएको छ ।

उहाँका अनुसार पूर्वमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले अझै केही दिन दिउँसोपछि पूर्वसहित मध्य र पश्चिमको एक दुई ठाउँमा क्षणिक वर्षाको सम्भावना छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्