आज पनि केही ठाँउमा मेघगर्जन सहित वर्षा हुने


 


काठमाडौं । आज शुक्रबार पनि मुलुकका विभिन्न ठाँउमा पानी पर्नै सम्भावना रहेको छ । बिहीबार उपत्यालगायतका केही क्षेत्रहरुमा पानी परेको थियो ।

आज पनि पूर्वी क्षेत्रका भू–भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने मौसम विज्ञान विभागले जानकारी दिएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अन्य ठाँउको मौसम सामान्य रहे पनि पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षा हुन सक्ने विभागले जनाएको छ ।

त्यस्तै रातिको मौसम मुलुकको पहाडी भू–भागमा आंशिक बदली र बांकी भु–भागमा सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: १३ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्