रिना बस्नेतको मृत्यु प्रकरण : भ्रमपूर्ण समाचारप्रति मोरङ प्रहरीको गम्भिर चासो


 


विराटनगर, बैशाख १२

मोरंगको पथरीशनिश्चरेकी रिना बस्नेतको मृत्यु बारे केही संचारमाध्यममा प्रकाशित तथा प्रशारित भ्रमपूर्ण समाचार सम्बन्धमा प्रहरीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पथरीशनिश्चरे १ की बस्नेतको मृत्युको विषयलाई लिएर केही अनलाईन मिडियाहरूमा अतिरन्जित हेडलाईन दिएर प्रकासन भएको समाचारहरूप्रति जिल्ला प्रहरी कार्यालय मोरङले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । घटनाको सुक्ष्म अनुसन्धान भईरहेको बिषयमा ‘मृतकको लाश सो घटनास्थलमा ठेलामा राखी फालेको सिसिटिभिमा देखियो’ जस्ता शिर्षक राखी तथ्यहिन, कपोकल्पित र मनोगणन्ते तवरबाट समाचार प्रकाशन गर्दा यसले आम जनमानसको सत्य तथ्य समाचार प्राप्त गर्न पाउनुपर्ने सूचना सम्बन्धि मौलिक हकको समेत हनन् हुने हुँदा एकजना महिलाको मृत्यू भएको संवेदनशील विषयमा अनर्गल रूपमा सामाजिक सद्भाव भड्काउने उदेश्यले दुस्प्रचार गरी असंवेदनशीलताको सीमा पार गर्ने सम्बद्द गैरजिम्मेवार मिडियामाथि समेत निगरानी बढाईएको मोरंग प्रहरीका प्रवक्ता डिएसपी घनस्याम श्रेष्ठले बताउनुभयो ।

घटनास्थल क्षेत्रको सो समयको सिसिटिभि फुटेज प्रहरीले अनुसन्धान गरीरहेको र सो रात त्यस्तो ठेला लिई गई कोही कसैले मृतकको लास नफालेको अनुसन्धानबाट देखिएको स्पष्ट पार्न चाहन्छौं उहाँले भन्नुभयो । सिसिटिभि फुटेजमा देखिएका मानिसहरू सो क्षेत्रमा तरकारी ओसारपसार गर्ने ज्यालादारी मजदुरहरू रहेको, निजहरू आफ्नो दैनिक रोजिरोटीको क्रममा तरकारी लैजाने ल्याउने कामको सिलसिलामा करिव ५ बजेको समयमा सो स्थानमा गएको हालसम्मको अनुसन्धानको क्रममा खुलेको उहाँले बताउनुभयो । सो घटना सम्बन्धमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: १२ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्