राजनीतिमा पछिल्लो समय स्वार्थी र भ्रष्ट प्रवृत्ति हावी भयो : नेता नेपाल


 


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जिल्ला कमिटी घोषणा शीर्ष नेतृत्वबीचको सहमतिमै भएको बताएका छन् । मदन भण्डारी स्मृति वाटिका स्थापना दिवस कार्यक्रममा उनले जिल्ला कमिटी सबैलाई चित्त बुझ्ने गरी बनाइएको र त्यसमा आफू सन्तुष्ट रहेको बताएका हुन् ।

नेता नेपालले राजनीतिमा पछिल्लो समय स्वार्थी र भ्रष्ट प्रवृत्ति हावी भएको बताए । मदन भण्डारीको योगदानकै कारण मुलुकमा कम्युनिष्ट पार्टी स्थापित भएको नेता नेपालको भनाइ थियो । कम्युनिष्टहरु अधिनायकवादी हुन् भनिरहेका बेला जनताको बहुदलीय जनवादको अवधारणा ल्याएर भण्डारीले त्यसको दीर्घकालीन प्रतिवाद गरिदिएको नेता नेपालले बताए ।

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्