बस दुर्घटना,अपडेट ५ जनाको मृत्यु, २६ घाइते


 


डडेल्धुरा बैशाख ११ डडेलधुराको साहुखर्कमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ साहुखर्कमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो भने अन्य २६ जना घाइते भएका छन् ।

बस विहान पौनि ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नरिक्षक लक्ष्मण खड्काले जानकारी दिएका छन् ।

मृतको अहिले सम्म सनाखत हुन सकेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरिक्षक खडका नेतृत्वको टोली गएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्