राजतन्त्र फर्काउन कसले खोज्यो ? प्रधानमन्त्री ओलीले गरे खुलासा


 


काठमाडौं मुलुकमा गणतन्त्र आएको एक दशक नाघिसके पनि अझै राजतन्त्रको त्रास भने राजनीतिक दलहरुमा रहेको देखिन्छ । राजनीतिक दल र सरकारलाई समेत राजतन्त्र फर्किन सक्ने त्रास रहेको देखिन्छ । सोमबार नेपाल कम्युनिष्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राजतन्त्र फर्काउन लागि परेको आरोप लगाए ।

२१औ शताब्दीमा आएर कांग्रेसले राजतन्त्रको वकालत गरेर गलत बाटो समाएको आरोप लगाएका उनले भने, ‘ नेकपाको कुरा सुनेर राष्ट्रिय हितका पक्षमा उभिनुको सट्टा प्रतिक्रियावादी शक्तिसँग मिल्ने र सहयात्रीका विरुद्धमा खनिने र ऊ माथि प्रतिबन्ध लगाउने गलत बाटो समायो कांग्रेसले ।’

आफ्नो पार्टी र सरकारले राम्रो काम गरेकाले कांग्रेसलाई असह्य भएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘हामीले पार्टी एकतामा सफलता प्राप्त र्गयौ र आफू नेतृत्वको सरकारले गरेको काम र्गयौ। तर कांग्रेसलाई त्यो सह्य भएन। उसले प्रतिक्रियावादीसँग घाँटी जोड्न व्यस्त हुन थाल्यो।’

अब लगातार देशभक्ति, जनवादी, प्रगतिशिल, वामपन्थी, सामाजिक न्यायको शक्तिसँग मिलेर अघि बढेर सामाजिक परिवर्तनका निम्ति लाग्नु पर्ने कांग्रेसले प्रतिक्रियावादीसँग घाँटी जोड्न व्यस्त बनेको उनले आरोप लगाए।

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्