बिहे गरेको पाँच दिनमै सिउँदो पुछियो


 


दमौली बैशाख १०

पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर –३३ का ३१ बर्षिय सन्दीप कुँवरको निधन भएको हो ।

दुर्घटनामा परी सिर्जनाको घुँडा भाँचिएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पवन पौडेलले लेखेका छन् ।

उनको अवस्थामा सुधार आए अझै चिन्ताजनक रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्