‘भोट चै सूर्यलाई हाल्ने अनि अहिले बलियो प्रतिपक्षी चाँहिने ?- देउवा


 


झापा बैशाख ९
नेपाली कांग्रेशका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले यो सरकार अधिनायकबाद भएको आरोप लगाउनु भएको छ । सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु । सेना परिचालनको जिम्मा प्रधानमन्त्रीले लिने प्रयास गर्नु तथा बालुवाटारको ललिता निवासको जग्गा प्रकरणले सरकारको अधिनायकवादी चरित्र छर्लङ्ग देखाएको बताउनु भयो ।

सोमवार झापाको चन्द्रगढि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले सरकारलाई यस्तो आरोप लाउनु भएको हो ।

कमजोर प्रतिपक्षी भयो भन्ने जनगुनासो छ नी भन्ने संचारकर्मीको प्रश्नमा सभापती देउवा जंगिदै भन्नु भयो ‘ भोट चै अरुलाई हाल्ने अनि अहिले बलियो प्रतिपक्षी चाँहिने ?’

पार्टीका स्थानीय तहका समितिहरु सहमतिमै बनाउन प्रयासरत रहेको भन्दै सभापति देउवाले समिति संक्रमणकालीन बनाउने कि महाधिवेशनसम्म यत्तिकै जाने भन्नेबारे छलफल भइरहेको बताउनु भयो ।

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्