पार्टी एकताले नेकपाका यी ८ भाइको बिजोग


 


काठमाडौं बैशाख ९
नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय कमिटी एकता हुँदा केन्द्रीय सदस्य बनेका ८ नेतालाई जिल्ला कमिटीको एकतामा सचिव बनाइएको छ ।

सोमवार घोषणा गरिएको जिल्लाका पदाधिकारीको सूचीमा ८ केन्द्रीय सदस्यलाई जिल्ला सचिवको समेत जिम्मेवारी दिइएको छ ।

जिल्ला सचिव हुनेमा ७ जना साविक माओवादी केन्द्र र १ जना साविकको एमालेबाट छन् ।

साविकको माओवादीबाट धादिङमा शालिकराम जम्कट्टेल, काठमाडौंमा हिमाल शर्मा, सर्लाहीमा डाचाराज वाग्ले, रौतहटमा युवराज भट्टराई, मोरङमा गोपिबहादुर अछामी, सिन्धुपाल्चोकमा दावा लामा तामाङ र रुपन्देहीमा दधिराम न्यौपानेलाई केन्द्रीय सदस्य हुँदाहुँदै सचिवको जिम्मेवारी समेत दिइएको छ ।

साविक एमालेबाट केन्द्रीय सदस्य बनेका सिराहाका प्रमोदनारायण यादव जिल्ला सचिव समेत बनेका छन् । धादिङका जम्कट्टेल प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानूनीमन्त्री समेत हुन् ।

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्