तनाव ग्रस्त वन्दै पथरी स्थानीयद्धारा राजमार्ग अवरुद्ध


 


पथरी बैशाख ९
फितलो प्रशासनका कारण मोरङको पथरीशनिश्चरेमा दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै मृतक रिना बस्नेतका आफन्त र स्थानीय बासिन्दाले प्रहरीबिरुद्ध प्रर्दशन गर्नुका साथै पुर्बपश्चिम राजमार्ग बन्द गरेका छन ।

शुक्रबार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै पथरी अशान्त बनेको हो । प्रर्दशनमा उत्रिएका स्थानीयले नाराबाजी सहित राजमार्ग बन्द गरेका छन । शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी बस्नेतको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।यसअघि पनि पथरीमा भएका पाँच वटा घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । ईलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरिक्षक कमल बजगाँई बिरुद्ध समेत स्थानीयले नाराबाजी छ्न

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्