मृत भेटिएकी रिना बस्नेतको छोराको बयान .. भिडियो सहित


 


श्रीमान बैदेशिक रोजगारी आफु कस्मेटिक पसल खोलेर बसेकी २९ बर्षीय रिना बस्नेत आफ्नै डेरा अगाडी सडकमा नग्न अवस्थामा मृत फेला परेकी छिन। बेलुका कन्सर्ट हेरेर राती ११ बजे १४ बर्षीय छोरा साइमन बस्नेतसँगै डेरामा फर्केकी रिना बिहान डेरा अगाडी मृत भेटिएकी हुन्। उनको भित्री तथा बाहिरी लुगा सबै कोठामा फेला परेको हो।उनको श्रीमान हाल दुबईमा कार्यरत छन । कर्न्सट हेरेर राती घर फर्किनेक्रममा आमाको मोबाइलमा धेरै नै पटक फोन आइरहेको तर आमाले उक्त फोन उठाएकी थि ईनन्।

उनले आमालाई १ बोत्तल बियर ल्याएर दिएको र आधा मात्र खाएको उनका छोरा साइमन बस्नेत बताउछन् । राति आमालाई पटक पटक फोन गर्ने व्यक्ति कमल नेपाल हुन्। उक्त व्यक्तिले उनलाई मोबाइल, ट्याब र आमालाई सपिङ्ग गर्ने पैसा दिने गरेको छोरा ले बताए।मृतकका जेठाज्यु चक्र बहादुर बस्नेत भन्छन ‘रक्सिले मात्तिएर लडेकी भनेकी बुहारीको शरीरमा कुनै ठुलो चोटपटक लागेको छैन। घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या जस्तो देखिएको छ। तर प्रहरीले बिना अनुसन्धान एक सिसि बियरको भरमा मदिरा सेवन गरि मृत्यु भएको भन्दै परिवारको अनुमति नलिई पोस्टमार्टमको लागि सिधै हस्पिटल लगियो।

नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी बस्नेतको आफ्नै ब्वाईफेण्डबाट हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार उनको अबैध सम्बन्धको कारण हत्या भएको हुन सक्ने जनाएको छ । प्रहरी गोप्य स्रोत का अनुसार उनका ब्वाईफ्रेण्ड भनिएका सुन्दरहरैचाका एक युवालाई प्रहरीले अनुसन्धानको घेरामा राखेको छ । स्रोतका अनुसार ब्यबसायी रहेका ती ब्यत्ति पथरीबाट केहीसमय अघि सुन्दरहरैचा सरेका हुन ।यो कुराको पुष्टि भएको छैन । पथरीमा आयोजित कन्सर्ट र छिमेकी साथीको छोराको जन्मदिनमा मादक पदार्थ सेवन गरेको र डेरामा आएर पनि छोरालाइ कोक र आफ्नो लागी वियर लिएर कोठामा आएकि थिईन ।

हत्या हो या दुर्घटना के हो पोष्टमाटमको रिपोर्ट नआए सम्म केहि भन्न नसकिने इलाका प्रहरी कार्यलय पथरीका इन्स्पेक्टर कमल बजगाईले बताए । अबैध सम्बन्धको कारण पनि हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।बिच बजारमा नग्न अबस्थामा हत्या हुँदा समेत प्रहरीले सुँईको नपाउनु र दिनभर मृतकको फोन आउनुले घटना थप शंकास्पद बनाएको छ । शव नजिक रगत भेटिएका कारण बस्नेतको बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।कस्मेटिक पसल सञ्चालन गर्दै आएकी बस्नेत घटना भएको रात पथरी रंगशालामा भएको सांगितिक कार्यक्रमपछि डेरामा आएर मदिरा सेवन गरेजस्तो देखिएको छ ।

अनुसन्धानमा खटिएको प्रहरीका अनुसार महिलाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका पनि गरेको छ । मृतकका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन ।‘हाल शवलाई पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा ल्याएको छ । उनको खुट्टामा बालुवैबालुवा रहेकाले उनलाई बलात्कार गरी हत्या गरिएको आशंका स्थानीयले गरेका छन् ।

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्