देउवासहित शिर्ष नेता आज दमक आँउदै


 


दमक आज पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा सहितका शिर्ष नेताहरु झापाको दमक आउदैछन् ।

क्षेत्र नं। ५ को क्षेत्रिय पार्टी कार्यालय उद्घाटन, शभकामना आदानप्रदान सहित पुराना काँग्रेस कार्यकर्ताहरुलाइ सम्मान गर्ने कार्यक्रम रहेको क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीले बताए ।

कार्यक्रम वडा नं। ५ स्थित नगर समितिको कार्यालय तथा नवनिर्मित क्षेत्रिय समितिको भवन स्थलमा नै हुने पनि भण्डारी बताएकाछन् ।

यहाँबाट पार्टी नेतृत्वले पार्टीभित्र गुटउपकुट नरहेको उद्घोष गर्नुहुनेछ, भण्डारीले भने ।

नगरका नेता एवं प्रचार समिति सदस्य दीपेश दाहालका अनुसार सम्पुर्ण तयारी पुरा भएको छ ।

देउवा सहित शिर्ष नेताहरुको स्वागतको तयारी भइरहेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्