सडकमा ढुंगा बेचेर भाइरल बनेका बालक, पैसा कमाएर रिसोर्ट खोलेर समाजसेवा


 


जंगस्ट्रोंगमल्ल । केही दिनदेखि युट्युवमा भाइरल भइरहेका बालक हुन् । ९ वर्षका उनी किन यति धेरै भाइरल भइरहेका छन त ? खासमा उनी को हुन् र उनको बारेमा बनाइएका भिडियोहरुलाई युट्युवमा हजारौ पटक किन हेरिदैछ ?

९ वर्षीय जंगस्ट्रोंग आफुलाई एउटा आन्टरप्रेनर अर्थात उद्यमी बताउँछन् । करिब ५ वर्षको उमेरदेखि नै व्यवसाय गर्दै आइरहेको उनको भनाई छ । उनी ढुंगामा पेन्टिंग गरेर सडक सडकमा बसेर बेच्ने काम गर्दै आइरहेका छन् ।

करिब २ वर्षदेखियता उनी संयुक्त अरब इमिरेट्सको दुवईमा बस्दै आइरहेका छन् । दुवई इण्डियन मोडेन स्कुलमा अध्ययन गर्ने उनी अहिले ग्रेड फोरमा पुगेका छन् । दुवईमा हुँदा पनि उनले आफ्नो व्यवसायलाई त्यहाँको सडकमा निरन्तरता दिने प्रयास गरे । तर त्यहाँको सडकमा व्यापार गर्नु गैरकानुनी हुने पछि उनले नेपालमा जस्तो दुवईको सडकमा व्यापार गर्न पाएनन् । बरु त्यसको साटो उनी वेभसाइट बनाएर अनलाइनमार्फत आफ्नो व्यापारलाई अगाडि बढाउने सोचाईमा छन् ।

सानैमा सडकमा आएर व्यापार गर्ने जंगस्ट्रोंगले आर्थिक अवस्था कमजोर भएर व्यापार गरेका होइनन् । उनका बुबा आमाको आफ्नै सफल व्यवसाय छ । नेल आर्टिस्ट उनका बाबुआमाको नेपालमा मात्रै नभई दुवईमा समेत बिजनेस छ र अरु देशमा पनि विस्तार गर्ने तयारी गरिरहेका छन् ।

यति हुँदाहुँदै पनि उनी सफल व्यवसायी बन्ने लक्ष्यका साथ सानैदेखि व्यवसायमा होमिएका छन् । बुबाआमाको व्यवसाय देखेपछि आफुमा पनि व्यापार गर्ने सोच आएको उनको भनाई छ । स्कुल विदा भएको बेला उनी नेपाल आएर यो विभिन्न आर्ट कुदिएका ढुंगा दरबारमार्ग आसपासको सडकमा बसेर बेचिरहेका हुन्छन् । १ सयदेखि ५ सयसम्मका विभिन्न आकृति कोरिएका ढुंगा उनले आफ्नो पसलमा राखेका छन् । व्यापार गरेर आएको पैसा उनले आफ्नो व्यक्तिगत सुविधाका लागि खर्च गरेका छैनन् । त्यसरी कमाइ भएको पैसालाई उनले दीनदुखी र गरिवको सेवामा खर्चिने योजना बनाएका छन् ।

उनको सपना छ, ठूलो भएपछि रिसोर्ट खोल्ने र त्यहाँबाट कमाएको पैसा च्यारिटीमार्फत गरिबीको सेवामा लगाउने । ९ वर्षको एउटा बालकको यो सोच साच्चिकी मननयोग्य रहेको छ । पढ्ने, खेल्ने, घुम्ने र रमाइलो गर्ने उमेरमा व्यवसायी बन्ने लक्ष्य मात्रै होइन पैसा कमाए पछि समाजसेवी पनि बन्ने उनको बिचारलाई हामीले सबैले सराहना गर्नै पर्छ ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्