“गृहमन्त्रीको पत्रको भरमा नागरिकता वितरण गरिनु मुलुककै लागि दुर्भाग्य”


 


काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नागरिकता वितरण सम्बन्धी कानून बनाएरै नागरिकता वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।

गृहमन्त्रीको पत्रको भरमा नागरिकता वितरण गरिनु मुलुककै लागि दुर्भाग्य भएको बताउँदै त्यही पत्रलाई सर्वोच्च अदालतले सदर गर्नुका पछि शंका गर्ने विभिन्न ठाउँ रहेको आरोप लगाए ।

उनले भने ‘नागरिकता वितरण सम्बन्धी कानून बनाउँन कस्ले रोक्यो रु गृहमन्त्रीलाई कसले दियो त्यो अधिकार ?’ कार्यक्रममा उनले सरकार नीतिगत भ्रष्टाचारमा लागेको बताउँदै वाईडबडी, एनसेल कर प्रकरण, फोर जी लगायत सबै भ्रष्टाचारका विषयमा अनुसन्धान र छानविन गरेर संलग्नलाई कानून बमोजिम कारबाही गरिनुपर्ने बताए ।

बिस्केट जात्राको अवसरमा नेपाल आदिवासी जनजाति संघ भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भ्रष्टाचारमा संलग्न कसैलाई पनि उन्मिुक्ति दिन नहुने बताए ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्