रामचन्द्र पौडेलले भने : उद्घाटन र फोटो खिचाउँदैमा सरकारका दिन बिते


 


बुटवल । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसहित आघा दर्जन केन्द्रीय सदस्यहरुले सरकारको चर्को आलोचना गरेका छन् । हिजो नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को सम्मेलनमा बोल्दै सरकारको निकै आलोचना गरेका केन्द्रीय नेताहरुले आज पनि रुपन्देही क्षेत्र नम्बर २ को सम्मेलन यस्तै गरी सरकारको कडा आलोचन गरे ।

आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सुरु गरेका आयोजनाहरुको उद्घाटन र फोटो खिचाउँदैमा वर्तमान सरकारको एक वर्षभन्दा बढी समय खेर गएको बताए । नेता पौडेलले वर्तमान सरकारले विकासको प्राथमिकता छुट्टयाउन नसकेको बताउँदै उनले कम्युनिष्ट सरकारको नियत नै ठिक नभएको आरोप लगाए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर–३ रुपन्देहीको भैरहवामा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्टहरुले देश र जनताको बारेमा नसोची केवल पार्टीको बारेमा मात्रै सोचेको आरोप लगाएका हुन् । उनले सरकारका क्रियाकलापहरुले पूर्णरुपमा सरकार असफल सावित भएको समेत दाबी गरे ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्