हिन्दु राष्ट्र माग्दै आन्दोलनमा होमिएको राप्रपालाई सरकारले वार्तामा बोलायो


 


काठमाण्डौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन पत्र पठाएको छ । हिन्दू राष्ट्र पुनर्स्थापनालगायतका विभिन्न २२ बुँदे माग राख्दै सडक आन्दोलनमा रहेको राप्रपालाई सरकारले वार्तामा बोलाएको हो ।

कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पत्र लेखी वार्तामा आउन आग्रह गरेका हुन् । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारको कदमलाई राप्रपाले सकारात्मक रुपमा लिएको बताए । उनले केही दिनमै वार्ता टोली गठन गर्ने पनि जानकारी दिए ।

गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर आन्दोलनमा उत्रिएको राप्रपाले आन्दोलनको कार्यक्रम अन्तर्गत मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालगायतका सडक प्रदर्शन कार्यक्रम पनि गरेको छ ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्