प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने घिमिरेको रिहाइको माग


 


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने व्यक्तिलाई रिहाइको माग गरेका छन् । उनले ट्विट गर्दै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरेलाई रिहाइ गर्न माग गरेका हुन् ।

सरकारले विदेशीलाई नागरिकता वितरण गरेर स्थानीयवासीलाई अल्पमतमा पार्ने षडयन्त्र गरिरहेको र समाजका सबै पक्ष मौन धारण गरेर शोक मनाइरहेको अवस्थामा घिमिरेले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने उनको संवैधानिक अधिकार भएको भण्डारीको भनाइ छ ।

‘‘प्रधानमन्त्री केपी ओलीलाई कालोझण्डा देखाउने रुद्रप्रसाद घिमिरेलाई रिहाइ गर्न आग्रह गर्दछु । नेता भण्डारीले ट्विट गर्दै भनेका छन् ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५ मोडेलचौर पुख्र्यौली भई बुटवलको माझ गाउँमा बसेर दुग्ध व्यवसाय गर्दै आएका ३१ वर्षीय घिमिरेले शनिबार प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका थिए ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्