प्रदेश सांसदलाई दुई करोड


 


पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्षमा सांसदहरुलाई २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षको बजेट ल्याउने बेलामा नै सत्तारुढ तथा प्रतिपक्षका सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकासको लागि रकम माग गरेतापनि त्यतिबेला अर्थमन्त्री किरण गुरुङले सांसदहरुको काम नीति बनाउने रहेको भन्दै जवाफ दिएका थिए ।

तर, आगामी ०७६–०७७ को बजेटमा भने संघीय सांसदहरुले पाउनेभन्दा आधा रकम प्रदेश सांसदहरुमार्फत खर्च गर्न पाउने व्यवस्था ल्याउन लागिएको छ ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै आईतबार प्रदेशसभा बैठक सम्बोधन गर्दै सांसदहरुको मागबमोजिम निर्वाचन क्षेत्रको लागि रकम छुट्याईने बताएका हुन् ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्