नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा उडान थप्यो


 


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौं उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो ।

निगमले आगामी वैशाख १८ देखि काठमाडौं नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ । यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली उडान थापिएको निगमका सहायकप्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो ।

आर्थिक समस्याका कारण जेट एयरले एक साताअघि काठमाडौं–दिल्ली उडान बन्द गरेको थियो । जेट एयरको उडान बन्द भएपछि निगमले यात्रुको सहजतालाई दृष्टिगत गर्दै उडान वृद्धि गरेको हो ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्