नेत्र विक्रम चन्द विप्लवले निकाले यस्तो विज्ञप्ति


 


काठमाडौं ८ वैशाख
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले आफ्नो पार्टीप्रति गरेको व्यवहारको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

एक विज्ञप्ति जारी गर्दै विप्लव समुहले सरकाले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरि चरम यातना दिएकोले पक्राउ परेका कार्यकर्तालाई तुरुन्त रिहाईको माग गरेको हो ।

विप्लव समूहले वैशाख ६ गते केन्द्रीय सदस्य चूडामणि ओली, चन्द्रबहादुर खड्का र विश्व दोस्रोपटक पक्राउ परेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘पार्टीमाथिको दमन, प्रतिबन्ध, गिरफ्तारी रोकिएन भने हामी सशक्त्र प्रतिरोध गर्न बाध्य हुनेछौँ । अहिले पनि भन्दैछौँ, हामीलाई बाध्य नपारियोस् । जनतालाई साथमा लिएर गरिने यस्तो प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार हुनेछ । ’

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्