इश्वरमान राई सम्मानित


 


isworman- raiभाेजपुर, फागुन १५

किराँत राई यायाेक्खा भाेजपुरकाे साताैं जिल्ला अधिवेशनकाे उद्घाटन कार्यक्रममा यस क्षेत्रका समाजसेवी एंव शिक्षाप्रेमी इश्वरमान राईलाई सम्मान गरिएकाे छ । राईलाई फेटा गुथाएर, दाेसल्ला अाेढाएर साथै सम्मान पत्र सहित सम्मानित गरिएकाे हाे । राईलाई किरात राई यायाेक्खाका केन्द्रिय प्रथम उपाध्यक्ष तिलक राई, भाेजपुर अध्यक्ष पाविहाङ राई लगायतले सम्मान गरेका हुन् ।

सगरमाथा उच्च माविका निवर्तमान प्रधानाध्यापक समेत रहेका राई भाेजपुर जिल्लाकै एक अादर्श ब्यक्तिकाे रूपमा परिचित छन् । इमानदारका प्रयाय मानिने राई दक्षिणी क्षेत्रका एक असल अभिभावक समेत हुन् । उनलाई यस क्षेत्रमा ली क्वान यू काे समेत उपमाले हेरिन्छ ।

राई प्रतिष्ठित पुरस्कारहरूबाट समेत पुरस्कृत भइसकेका छन् । उनले सगरमाथा उच्च माविमा रहदा विद्यालयकाे भाैतिक पूर्वाधार निर्माणमा खेलेकाे भूमिका सधै प्रशंसनिय रहँदै अाएकाे छ । यस क्षेत्रका लागि विकास निर्माणमा पनि उनकाे उल्लेख्य याेगदान रहँदै अाएकाे छ । राईले पुर्याएकाे याेगदाकाे उच्च कदर गर्दे सम्मान गरिएकाे यायाेक्खा भाेजपुरका अध्यक्ष पाविहाङ राईले बताए ।

याे पनि पढ्नुहाेस्

घोरेटारका ली क्वान यू को बिदाई

अधिवेशन सुरू

yayokha 1यायाेक्खा भाेजपुरकाे साताैं जिल्ला अधिवेशन घाेरेटारमा शनिबारबाट सुरू भएकाे छ । सम्मेलनकाे उद्घाटन सात जना मुन्धुमी नागछुङहरूलाई फेटा गुथाएर र ढाेल झ्याम्टा बजाएर सुरू गरिएकाे हाे ।

सम्मेलन अाइतबार नयाँ नेतृत्व चयन गर्दे सम्पन्न हुने अध्यक्ष राईले बताए । सम्मेलनका जिल्लाकाे गाउँ–गाउँबाट प्रतिनिधिहरू घाेरेटारमा भेला भएका छन् । अाज बेलुकाबाट बन्द सत्र सुरू हुँदैछ ।

yayokha

प्रकाशित मिति: १५ फाल्गुन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्