मोरङमा आज बिहानै नग्न अवस्थामा महिलाको शव भेटियो


 


पथरी, बैशाख ७
मोरङको पथरीशनिश्चरे नगरपालिका – १ मा आज बिहान एक महिलाको नग्न अवस्थामा शव फेला परेको छ ।
सोही ठाउँमा बिरबहादुर बस्नेतको घरमा डेरा लिएर बस्दै आएकी २९ वर्षिया रुपा बस्नेतको शव घर अगाडी घोप्टे परेको नग्न अवस्थामा फेला परेको हो । महिलाका श्रीमान् सन्तोष बस्नेत युएईमा वैदेशिक रोजगारका क्रममा रहेका छन् ।

डेरामा रिना र १३ वर्षिया छोरा साईमन बस्नेत बस्दै आएका थिए । आमा र छोरा शुक्रवार राती पथरीशनिश्चरे – १ को प्रस्तावित रंगशालामा कन्सर्ट हेरेर रातको ११ बजे डेरा आएका थिए । बिहान स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बँजगाईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्