झुक्किएर माेदीलाई भाेट हालेपछि मतदाताले औंला काटे


 


भारत, ६ वैशाख – भारतमा हिजो भएको लोकसभा निर्वाचनमा भूलवश अर्कै पार्टीलाई मतदान गरेपछि एक मतदाताले हातको औँला काटेका छन् ।

उत्तर प्रदेशको बुलान्दसरका मतदाता पवन कुमारले आफूले स्थानीय बहुजन समाज पार्टीलाई मतदान गर्न चाहेको तर विद्युतीय मेसिनमा आफू झुक्किएपछि भारतीय जनता पार्टीलाई मतदान हुन पुगेको भन्दै औँला काटेर फ्याँकेका हुन् । भाजपा नरेन्द्र माेदीकाे पार्टी हाे ।

उनले मतदानमा सहभागी भएको संकेतस्वरूप मसी लगाइएको औंला काटेर फालेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । विद्युतीय मतदान मेसिनमा राजनीतिक दलको चुनावी चिह्नसँगै नाम पनि भएको भए आफू अलमलमा नपर्ने उनले बताएका छन् ।

भारतीय जनता पार्टीको चुनाव चिह्न कमलको फूल रहेको छ भने बहुजन समाज पार्टीको चुनाव चिह्न हात्ती रहेको छ । भारतमा हिजो दोस्रो चरणको लोकसभा चुनाव अन्तर्गत ९५ सिटका लागि मतदान भएको थियो ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्