भाषण गर्दा गर्दै हार्दिक पटेललाई एक व्यक्तिले हाने चड्कन


 


भारत : भारतीय कंग्रेसका नेता हार्दिक पटेललाई एक व्यक्तिले मञ्चमै पुगेर चड्कन हानेका छन् । गुजरातमा चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला पटेललाई एक व्यक्तिले चड्कन हानेका हुन् । चड्कन हान्ने व्यक्तिलाई कांग्रेस कार्यकर्ताले तत्कालै नियन्त्रणमा लिएर कुटपिट गरेका छन् ।

पटेलले आफूमाथि भाजपाले सुनियोजित रुपमा आक्रमण गर्न पठाएको आरोप लगाएका छन् । बिहीबारपनि भारतीय जनता पार्टीका प्रवक्ता जीवीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार गरिएको थियो ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्