कांग्रेस पनि सरकारमा आउनुपर्छ : सञ्चारमन्त्री


 


भोजपुर, फागुन १४
सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपाली कांग्रेस सरकारमा आउनु पर्ने बताएका छन् । शुक्रबार गृह जिल्ला भोजपुरमा २४ औं जिल्ला परिषद बैठकको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री राईले कांग्रेस वर्तमान सरकारमा आउनु पर्ने बताएका हुन् ।

नेपाली कांग्रेस पहिलो पार्टी हो, संविधान जारी गर्दा तीन ठुला दल एक थियौं, मन्त्री राईले भने संविधान जारी भएपछि उ किन बाहिरियो यो जनताको प्रश्न हो, त्यसैले सरकारमा आउन म आह्वान गर्दछु । कांग्रेससँग बार्ताहरु भइरहेको भन्दै मन्त्री राईले कांग्रेसको आसन्न १३ औं महाधिवेशनपछि आन्तरिक समिक्षा गर्दे कांगेस सरकारमा आउनुपर्छ, कांग्रेस जिम्मेवार पार्टी हो ।

sherdhanसंविधान सँगै मिलेर बनायौं, संविधान जारी भएपछिको ऐतिहासिक अभिभारा पुरा गर्न कांग्रेस सरकारमा आउनुपर्छ मन्त्री राईले भने । सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्त सफल रहेको बताए ।

विगतका भ्रमणजस्तो अन्योलपूर्ण रहेन, मन्त्री राईले भने वर्तमान सरकारले स्वाभिमान र स्वाधिनताको भण्डा झुक्न दिएको छैन् । अब प्रधानमन्त्रीको चाँडै चीन भ्रमण हुने भन्दै मन्त्री राईले चीनसँग महत्वपूर्ण सम्झौताहरु हुने बताए ।

चीनसँग व्यापार र पारवहन सम्बन्धी आन्तरिक काम थालेको भन्दै उनले दुई देशबिच दिर्घकालीन इन्धन व्यापारको समझदारी बनिसकेको बताए । चीनसँग थप नाकाहरु खोल्ने कार्य अगाडी बढेको भन्दै मन्त्री राईले दुई देशबिचको व्यापारिक र पारवहनलाई नयाँ उचाइमा लान आफूहरुले चाहिरहेको सुनाए ।

वर्तमान सरकार बनेदेखी नै समस्याहरु सिर्जना भएको उल्लेख गर्दे मन्त्री राईले भने यो सरकार नाकाबन्दी खुलाउन मात्र बनेको सरकार होईन्, संविधान जारी भएपछिको ऐतिहासिक अभिभारा पुरा गर्न बनेको सरकार भएको प्रष्ट पारे । अहिले बजारमा नयाँ सत्तासमिकरणको हल्ला चलेको छ, मन्त्री राईले भने असहज अवस्था विस्तारै सामान्य बनेपछि सरकारको विकल्प खोज्ने कार्य सान्र्दभिक नभएको बताए ।

अब सबै दलहरुलाई एक ठाउँमा ल्याएर स्थानीय निकायको चुनाव गर्नुपर्ने भन्दै मन्त्री राईले यसका लागि आन्तरिक तयारी समेत पुरा भएको बताए । सरकार बाहिर रहेका दलहरुसँग सहमति गरेर स्थानीय निकायको चुनाव हुन्छ, मन्त्री राईले भने स्थानीय निकायको चुनाव पछि संघीय प्रदेशहरुको चुनाव हुन्छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्