प्रेम सञ्जेल आज अख्तियारमा बयान दिँदै


 


विराटनगर, बैशाख ६
भ्रष्टाचारविरोधी छवि बनाउनुभएका प्रशासक तथा श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले आज आफूविरुद्ध परेको भ्रष्टाचारको मुद्दामा अख्तियारमा बयान दिनु हुने भएको छ ।

विराटनगरमा रहेको क्षेत्रीय निर्वाचन कार्यालयको प्रमुख हुँदा २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म हाजिरी नै नगरी तलब भत्ता बुझेको भन्दै संजेलविरुद्ध मुद्दा परेको थियो ।

आफूले बुझेको तलब भत्ताको विषयमा आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणमा पनि अदालतको आदेशअनुसार भएको विषय प्रमाणित भएको सञ्जेलको दाबी छ । निर्वाचन आयोगको कार्यालयबाट नियमविपरीत सरुवा भएपछि सर्वोच्चले पुनर्वहाली गर्दासम्मको समयावधि संजेल कार्यालयमा हाजिर हुनुभएको थिएन ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्