कुन राशिको लागि आजको दिन कति शुभ ? आज शुक्रबारको राशिफल


 


श्री शाके १९४१ बि.स. २०७६ साल बैशाख ६ गते शुक्रबार इश्वी सन् २०१९ अप्रिल १९ तारीख चैत्र शुक्ल पक्ष पूर्णिमा तिथी चित्रा नक्षत्र हर्षण योग भद्रा करण चन्द्रमा कन्या राशिमा ०८ः३७ बजे सम्म पश्चात तुला राशिमा आनन्दादि योगमा मुसल योग सुर्य उत्तरायण वसन्त ऋतु बालाजु बाईसधारा मेला, हनुमान जयन्ती, पूर्णिमा व्रत, देवी यात्रा,मन्वादि लमजुङ यलुङ पोखरी मेला ल्हुतिपून्हि,ल्हुतिस्नान बौद्ध तेमालजात्रा,बैतडी गुजरको बनारसी मन्दिरमा कोटीहोम मेला समाप्ती –ज्योपं. सरोज घिमिरे/देशको न्युज

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अनावश्यक खर्चको सम्भाबना रहेकोछ । भाग्योदयका निम्ती मित्रजनको साथ सहयोग आवश्यक रहनेछ । मध्यान पश्चात भने जिवन साथीको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । शत्रु बृद्धि हुनसक्छन ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । पारीवरिक साथ सहयोग प्राप्त रहनेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साधारण वाद विवादको चपेटामा फस्ने समय रहेकोले सजग रहनुहोला । मध्यान पश्चात मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ । आत्मबिश्वासमा बृद्यिहुनाले कार्य सम्पादनमा सहजता प्राप्तहुनेछ । सामाजिक क्षेत्रमा अग्रसर रहने योग बन्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त हुनेछ । मध्यान पश्चात भने भोजभतेरमा सरीक हुने अवसर जुट्नेछ । वाक चार्तुयताका कारण सबै ईष्ट मित्रजनलाई रीजाउन सकिनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आत्मीय ब्यत्तिहरुबाट बिश्वास घात भएको महसुस हुनेछ । प्रीय मित्र हरु सगँको सम्बन्धमा तिक्तता आउनेछ । मध्यान पश्चात भने अधरुाकार्य सहजता पुर्ण सम्पादन हुनेछन । सामान्य मान सम्मान प्राप्तीको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

साजेदारीकार्यका क्षेत्रमा उत्तम समय रहेकोछ । मध्यान पश्चात मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । स्वास्थमा देखापरेको सामान्य समस्यामा बृद्यि हुन सक्नेछ । प्रतिपक्षीहरु सबल रहलान ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्नेछ । सबारी साधनको प्रयोमा बिशेष सजग रहनु पर्नेट । मध्यान पश्चात आम्दानिका बिभीन्न श्रोत हरु फेला पर्नेछन । बौधिक ब्यत्तित्व हरु सगँको भेटघाटको योग बन्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कार्य सम्पादनमा भएको त्रुटिका कारण सामान्य अपजसको सम्भाबना रहेकोछ । यात्रामा बिशेष सजग रहनु होला मध्यान पश्चात पारीवारिक साथ सहयोग द्वारा कार्य सम्पादनमा सहजता प्रात्त हुनेछ । सामाजिक दायित्व बढेको महसुस हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

गैर बिश्वसनिय कुराका पछी नलागेकै उत्तम रहनेछ । मध्यान पश्चात सामान्य यात्राकारक दिन रहनेछ । भाग्योदयका निम्ति मित्रजनहरुको साथ सहयोग आवश्यक रहनेछ । आम्दानिका मार्गहरु प्रशस्त मात्रामा फेला पर्नेछन ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पारीवारिक कलहमा बृद्यि हुन सक्नेछ । हरकसैको पुर्ण बिश्वासले अपजसको योग निमत्याउन सक्नेछ । मध्यान पश्चात स्वास्थका क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अन्य ब्यत्तिको गलतकदमको भागीदार तपाई लाई तुल्याइनेछ ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्