पार्टी एकता नटुंगिएको बेला प्रचण्ड किन पुगे सुकुटे ?


 


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपालचोकस्थित सुकुटे पुगेका छन्। उनी बिहीबार दिउँसो त्यहाँ पुगेका थिए। उनी सुकुटे बिच रिसोर्टमा बस्नेछन् ।

प्रचण्डसँग उनका परिवारका सदस्यका साथै सिन्धुपाल्चोक १ का सांसद अग्निप्रसाद सापकोटा लगायत छन्। राजनीतिक तनावमा भएका बेला, शारीरिक र मानसिक तनाव बढेको बेला आराम गर्न प्रचण्ड सुकुटे पुगेका धेरै उदाहरण छन्।

यसअघि गत माघ २३ गतेमात्रै उनी त्यहाँ पुगेका थिए। भेनेजुएला प्रकरणबारे माघ ११ गते प्रचण्डले कडा विज्ञप्ति निकालेपछि आएको तरंगपछि उनी विवादमा परेका थिए। ०६९ सालमा त प्रचण्डले परिवारकाबीच दसैं नै सुकुटेमा मनाएका थिए।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्