बुद्धले अन्तर्राष्ट्रिय उडान थप्यो


 


काठमाडौं । बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानलाई विस्तार गरेको छ । बुद्धले भारतको गुवाहटीमा साउन १८ गतेदेखि उडान गर्ने बताएको छ ।बुद्ध एयरले काठमाडौं–गुवाहटी उडानका लागि उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र भारत सरकारसँगको प्रकृया सुरु गरिसकेको बताएको छ ।

बुद्धको काठमाडौं–गुवाहटी साताको दुईवटा उडान हुने छ । ७२ सिटको एटिआर विमानबाट हरेक मंगलबार र शनिबार विहानको सात बजे उडान भर्ने बुद्धले जनाएको छ ।

बुद्धले आउँदो जेठ १३ गतेदेखि साताको तीन वटा उडान काठमाडौं–कोलकत्ता गर्ने योजना यस अघिनै सार्वजनिक गरेको छ । हाल बुद्धको सातामा २ वटा उडान काठमाडौं–वनारस गर्दै आएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्