कुलमानले कर्मचारीलाई दिए कडा निर्देशन


 


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आधिकारिक ट्रेड युनियको चुनावमा ट्रेड युनियलाई कार्यालय रआयोजनाको गाडी प्रयोगमा रोक लगाएका छन्।

कार्यकारी निर्देशक घिसिङले बिहीबार परिपत्र जारी गर्दै निर्वाचन प्रायोजनका लागि सामान्य सेवा विभागबाट उपलब्ध गराएको सवारी साधनबाहेक कुनै पनि ट्रेड युनियनलाई गाडी उपलब्ध नगराउन निर्देशन दिएका हुन्। कसैले गाडी उपलब्ध गराएमा विभागीय कारबाही गर्ने चेतावनी पनि घिसिङले दिएका छन्। प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको चुनाव १९ वैशाखमा हुँदैछ।

चुनावमा नेकपा निकट राष्ट्रिय कर्मचारी युनियन र नेपाली कांग्रेस निकट कर्मचारी संघबिच मुख्य प्रतिश्पर्धा हुने छ। ‘चुनावी प्रायोजनका लागि समान्वय सेवा विभागबाट उपलब्ध गराइएको सवारी साधनबाहेक त्यस निर्देशनालय र अन्तर्गतका कुनै पनि कार्यालयरआयोजनाहरुबाट कुनै पनि सवारी साधन कुनै पनि ट्रेड युनियनलाई उपलब्ध नगराउने, निर्देशन विपरित काम कारबाही भए गरेको पाइएमा सम्बन्धितलाई विभागीय कारबाही गरिने छ’,निर्देशनमा उल्लेख छ।

प्राधिकरणले चुनावलाई स्वतन्त्र, निश्पक्ष र मर्यादित रुपमा सम्पन्न हुने वातावरण बनाई सोही बमोजिम परस्पर सहयोग र समन्वय गरी निर्वाचनमा सहभागि हुन निर्देशन दिएको छ। चुनावमा ज्यालादारी, करार, अस्थायी र स्थायी गरी नौ तहसम्मका कर्मचारीले भोट हाल्न पाउने छन्।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्